11:33PM
चैत्र १३ गते २०८१

संसदीय दल एमालेको बैठक सुरु

चैत्र ६ गते २०७९
7:44 AM
Author Avatar
आर्थिक मञ्च

प्रतिनिधि सभा बैठक अघि नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । बर्तौलाले भने, ‘एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, त्यसको औपचारिक निर्णय बैठकले गर्छ ।

आज सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ । एमालेले विश्वासको मत नदिए पनि प्रधानमन्त्री प्रचण्डलाई ११ दलले विश्वासको मत दिने जनाइसकेकाले बहुमत सिद्ध गर्न कुनै समस्या छैन । गत पुस १० गते एमाले नेतृत्वको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्ड सरकारबाट एमाले र राप्रपा बाहिरिएसँगै संसद्‍बाट विश्वासको मत लिन लागेका हुन् ।

रिप्लाई गर्नुहोस