राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक भोलि बस्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सचिवालयको बैठक आइतबार बस्ने भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान आइतबार का लागि तय भएको हो । बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने रास्वपा निकट श्रोतले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ। साथै वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।