10:52PM
फागुन २१ गते २०८२

प्रतिनिधिसभा चुनावमा देशभर ६० प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान

फागुन २१ गते २०८२
7:13 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । प्रतिनिधिसभा चुनावअन्तर्गत आज भएको मतदानमा देशभर ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ । केहीबेरअघि आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको जानकारी दिनुभयो । आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो । यो प्रतिशत यसअघि २०७९ सालको मङ्सिरमा भएको प्रतिनिधिसभा चुनावको भन्दा कम हो । त्यो वर्ष ६१ दशमलव ६३ प्रतिशत मतदान भएको थियो ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतपेटिका सङ्कलन गर्ने काम शुरू भएको आयोगले जनाएको छ । यसपालि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए । आज सम्पन्न भएको चुनावबाट २ सय ७५ जना सांसद निर्वाचित हुनेछन् । प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी २ सय ७५ जना सांसद निर्वाचित हुने व्यवस्था छ ।

रिप्लाई गर्नुहोस