09:35PM
फागुन ८ गते २०८२

६७ दल मध्य ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याए

फागुन ८ गते २०८२
6:05 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । २१ फागुनको निर्वाचनका लागि बिभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म ४१ वटा राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गरी त्यसको जानकारी निर्वाचन आयोगमा गराएका हुन् । प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिने दलको संख्या ६७ छ ।

समानुपातिक तर्फ भने ६३ दलका उम्मेदवार रहेका छन् । यसमध्ये ४१ वटा राजनीतिक दलहरुले घोषणापत्र ल्याएका हुन् । निर्वाचन आयोगले यही फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोग वा निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन समेत दिएको थियो । तर, अझै पनि कैयन दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोग वा निर्वाचन कार्यालयमा पेस गरेका छैनन्

रिप्लाई गर्नुहोस