भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना,२४ जना घाइते ८ जनाको अवस्था गम्भीर
काठमाण्डौ । भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाण्डौ ल्याएको प्रहरीले जनाएको छ । सामान्य घाइते २ जनाको भोजपुर अस्पतालमै उपचार भइरहेको छ ।
निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि गएको नयाँ श्रीनाथ गणका सेना चढेको बस भोजपुर नगरपालिका–४ दावाँको सेती बगरमा दुर्घटना भएको हो । प्रहरीका अनुसार ना ४ ख ७३१७ नम्बरको बस सडकबाट तल खसेर रुखमा अड्किएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।