01:08AM
कार्तिक १६ गते २०८२

बीपी राजमार्गमा रातिको समयमा गाडी चलाउन स्थानीय प्रशासनको रोक

कार्तिक १४ गते २०८२
6:56 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ। बीपी राजमार्गमा रातिको समयमा गाडी चलाउन स्थानीय प्रशासनले रोक लगाएका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रे र सिन्धुलीले आज छुट्टाछुट्टै सूचना निकालेर बीपी राजमार्गमा रातिको समयमा गाडी चलाउन रोक लगाएको जानकारी गराएका हुन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुली खण्डमा गाडी सञ्चालनमा रोक लगाएको जानकारी गराएको छ । सिन्धुली प्रशासनले पनि बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म लागि बीपी राजमार्गअन्तर्गत खुर्कोट बजारदेखि काठमाण्डौतर्फ गाडी आवागमनमा निषेध गरेको जनाएको छ ।

दुवै प्रशासन कार्यालेले दिउँसो पनि अत्यधिक पानी परेमा गाडी चलाउन रोक लगाउन सकिने बताएका छन् । वर्षाका कारण कोशी राजमार्गमा पनि अवरोध आएको छ । राजमार्ग बाहेक साना सडकमा पनि अबरोध आउन सक्ने भएकोले सतर्कताका साथ गाडी चलाउन प्रहरीले आह्वान गरेको छ । यस्तै बदली र वर्षाका कारण आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित लुक्ला लगायतका विमानस्थलमा उडान प्रभावित भएको छ । हिमाली क्षेत्रमा पदयात्रामा गएर समस्यामा परेकाहरुको उद्धारसँगै जान नदिन रोक्ने लगायतका काम भइरहेको भन्दै प्रहरीले केही दिन पदयात्रामा नजान भनेको छ ।

रिप्लाई गर्नुहोस