04:12AM
कार्तिक ९ गते २०८२

नेपाली सेनाको हेलिकप्टरबाट चार जना गर्भवतीको उद्धार

असाेज २० गते २०८२
5:48 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नेपाली सेनाको हेलिकप्टरबाट चार जना गर्भवतीको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमअन्तर्गत आज इलामको माईजोगमाई–५ सिरसिरे, इलामको सन्दकपुर–१ छाँगे, पाँचथरको फिदिम–१२ पुल भन्ज्याङ र सङ्खुवासभाको भोटखोला–३ हुङगुङबाट चार जना गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । हाल उनीहरूलाई झापाको बी एन्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल, विराटनगर पुर्‍याइएको छ ।

रिप्लाई गर्नुहोस