04:59PM
कार्तिक ९ गते २०८२

दसैँको लागि पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडे

असाेज १४ गते २०८२
8:08 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले संघीय राजधानी काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौं छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

“यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ,” उनले भने । साथै, दसैँको अवधिमा काठमाडौं उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन् ।

रिप्लाई गर्नुहोस