11:35PM
भाद्र ३० गते २०८२

नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण

भाद्र ३० गते २०८२
7:51 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गर्नुभएको छ । आजै सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग पद तथा गोपनीयताको शपथ लिएपछि भण्डारीले महान्यायाधिवक्ता कार्यालय रामशापथमा पदभार ग्रहण गर्नुभएको हो ।

वरिष्ठ अधिवक्ता भण्डारीलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानूनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । नेपालको इतिहासमा उहाँ पहिलो महिला महान्यायाधिवक्ता बन्नुभएको छ ।

रिप्लाई गर्नुहोस