सुर्खेतमा लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । सुर्खेतमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ बस्ने २९ वर्षका कमल कार्की र दैलेखको दुल्लु नगरपालिका ६ घर भई वीरेन्द्रनगर नगरपालिका ३ बस्ने २१ वर्षका ध्वनिल मल्ल छन् । उनीहरूलाई २४३ ट्याब्लेट नाईट्राजेपामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार वीरेन्द्रनगर नगरपालिका ३ मा लागूऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिइएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।