01:18AM
असार ५ गते २०८२

धरानबाट ७० बोरा गाँजा बरामद

असार २ गते २०८२
7:17 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । सशस्त्र प्रहरीले कोशी लोकमार्ग अन्तर्गत सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधाराबाट २ हजार १ सय १ सय ३० किलो गाँजा बरामद गरेको छ । भेडेटारबाट धरानतर्फ गुडिरहेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले बरामद गरेको हो ।

ट्रकबाट ३१ बोरा अदुवा र तरकारी पनि बरामद गरेको सशस्त्रका सह–प्रवक्ता एवम् डीएसपपी शैलेन्द्र थापाले बताउनुभयो । ट्रक चालक भने फरार रहेका छन् ।

रिप्लाई गर्नुहोस