02:37AM
फागुन २८ गते २०८१

शेयर बजार परिसूचक नेप्से १७ दशमलव २८ अङ्कले बढ्यो

फागुन २८ गते २०८१
5:54 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । लगातार सात कारोबार दिन घटेको शेयर बजार आज भने बढेको छ । आज शेयर बजार परिसूचक नेप्से १७ दशमलव २८ अङ्कले बढेर २ हजार ७ सय ३६ दशमलव ४८ विन्दुमा पुगेको छ । आज विकास बैंक र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा लगानी र अन्य समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । शेयर बजार दोहोरो अङ्कले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । हिजो ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका २ करोड २९ लाख कित्ता शेयर ८ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको छ ।

रिप्लाई गर्नुहोस