02:01AM
श्रावण १५ गते २०८२

धरौटी बुझाएर छुटेलगत्तै दुर्गा प्रसाईं अर्को मुद्दामा फेरि पक्राउ

मंसिर २७ गते २०८१
7:15 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । साइबर अपराध कसूरको मुद्दामा धरौटी बुझाएर छुटेलगत्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं अर्को मुद्दामा फेरि पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले जिल्ला अदालत काठमाण्डौ परिसरबाटै पक्राउ गरेको हो । यसअघि आजै जिल्ला अदालत काठमाण्डौले साइबर अपराध कसूरको मुद्दामा पक्राउ परेका प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

दुर्गा प्रसाईंविरुद्ध सङ्गठित अपराध र आपराधिक लाभ लिन नहुने कसूरमा पनि अनुसन्धान भइरहेकोले उनी फेरि पक्राउ परेका हुन् । प्रसाईंमाथि भारतमा मानिस राखेर नेपाली व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा पनि अनुसन्धान भइरहेको छ ।

रिप्लाई गर्नुहोस