10:21PM
असार २९ गते २०८२

ललितपुरको मेटल उद्योगमा आगलागी करिब १० लाख रुपैयाँ बराबरको क्षति

चैत्र २४ गते २०८०
1:29 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । ललितपुरको एक मेटल उद्योगमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा आज बिहान ६ बजे भएको आगलागीमा एकजनाको जलेर मृत्यु भएको छ ।

जलेको अवस्थामा एकजना फेला परेको तर पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नरेशराज सुवेदीले बाह्रखरीलाई जानकारी दिए ।

“मृतकको पहिचान हुन सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ,” एसपी सुवेदीले भने, “आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।”

रिप्लाई गर्नुहोस