01:24PM
असार २० गते २०८२

काठमाडौंबाट एक जना पेस्तोलसहित पक्राउ

चैत्र १६ गते २०८०
7:54 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । काठमाडौंमा एक जना पेस्तोलसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा ताप्लेजुङ नगरपालिका वडा नम्बर ९ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ६ सरस्वती नगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बू छन्।

उनीबाट एउटा कटुवा पेस्तोल, दुई वटा धारिलो चक्कु, फलामको हामर र दुई वटा फोन बरामद भएको छ। जिल्ला प्रहरी परिसरले गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको छ। जसअनुसार शंकास्पद गतिविधि गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि खटिएको टोलीले लिम्बूलाई पक्राउ गरेको हो।

रिप्लाई गर्नुहोस