04:16PM
पौष ८ गते २०८२

कामपा वडा ८ मा रहेको सार्वजनिक जग्गामा बनेको घर वडाअध्यक्षको पहलमा भत्काइयो

चैत्र ९ गते २०८०
8:29 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८  नवाली टोलमा रहेको सार्वजनिक जग्गामा बनेको घर भत्काइएको छ ।

करिव एक तला रहेको घर आज काठमाडौँ महानगरपालिका वडा ८ का वडा अध्यक्ष आशामान संगत एवं महानगरपालिकाका प्रहरी सहित स्काभेटरले सार्वजनिक जग्गामा बनाइएको घर भत्काइएको हो ।  

उक्त घरको हकदावी गर्ने व्यक्ति कोही भए २४ घण्टा भित्र स प्रमाण उपस्थित हुन सुचना निकालेको र कोही पनि ब्यक्ति उक्त घरको हककर्ता रहेको प्रमाण नभएपछि सार्वजनिक जग्गामा रहेको घर भएकोले भत्काइएको वडा अध्यक्ष आशामान संगतले बताउनुभयो ।

उहाँले, काठमाडौँ महानगरपालिका वडा ८ भित्र रहेका सार्वजनिक सम्पत्तिहरूको उत्खनन सँगसँगै अनैतिक रूपमा निर्माण भएका घर टहराहरू भत्काउने कार्य तिव्र रूपमा अगाडि बढाइएको समेत बताउनुभयो ।

उहाँले, उक्त जग्गा करिब २ आना रहेको र एकजना हकदार बुढी आमा रहनुभएको र उहाँको देहावसान पश्चात् हकदावी गर्ने कोही नभएकाले सार्वजनिक जग्गा खाली गराउने हेतुले जग्गा खाली गरिएको वडाअध्यक्ष संगतले बताउनुभयो ।

कामपा वडा ८ ले पछिल्लो समय पाशुपत क्षेत्रका विभिन्न स्थानमा रहेको कुवा, इनार, पोखरी लगायतका मासिएका परम्परागत वस्तुहरूको खोजी तथा उत्खनन कार्य तिव्र रूपमा अगाडि बढाइरहेको छ  । 

रिप्लाई गर्नुहोस