09:00PM
पौष ८ गते २०८२

वीरगञ्जमा दाइजोमा सुनको सिक्री नपाउँदा बेहुलाले विवाह नै अस्वीकार गरे

फागुन २९ गते २०८०
7:22 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । वीरगञ्जमा दाइजोमा सुनको सिक्री नपाउँदा बेहुलाले विवाह नै अस्वीकार गरेको बेहुली पक्षले दाबी गरेका छन् ।

विवाह मण्डपमै विवाद भएपछि पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–२४ रामगढवाबाट बेहुलासहित ७र८ जनालाई सोधपुछका लागि पक्राउ गरेको छ । बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् ।

हिजो बाराको कलैयाबाट बेहुला जन्ती लिएर रामगढवा पुगेका थिए । पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले यस विषयमा सोधपुछ चलिरहेको र थप उजुरी आएमा कानुनी प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ ।

रिप्लाई गर्नुहोस