01:39PM
पौष १० गते २०८२

सिरहामा मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकरी प्रहारको प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ

पौष २४ गते २०८०
7:38 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । सिरहामा मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकरी प्रहारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कल्याणपुर नगरपालिका–८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास गरेको आरोपमा रामनारायण सिंहलाई प्रहरीले पक्रेको हो ।

सिंहलाई दिउँसो घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र वस्नेतले जानकारी दिए । ‘भिडियोमा खुकुरी तेर्साएको पाइएपछि उनलाई आज घरबाटै पक्राउ गरेको हो । अहिलेसम्म पीडितले उजुरी दिएको छैन । अहिले नियन्त्रणमा राखेका छौं । पीडितले उजुरी दिएपछि कानुन कारबाही गर्छौ’ डीएसपी बस्नेतले अनलाइनखबरसँग भने ।

कल्याणपुर नगरपालिका वडा नं ८ मझौराका मिटरब्याजी सुरेश पञ्जियारले कब्जा गरी रामनारायण सिंहसँग बेचिसकेको घरमा सोमबार दिउँसो सञ्जय पस्न खोजेपछि उनीमाथि कुटपिटसँगै खुकुरी प्रहारको प्रयास भएको थियो । सिंहका छोरा शैलेन्द्र, भाइ नितेश सिंह समेत आफूमाथिको घटनामा संलग्न रहेको पीडित सञ्जयले बताए । उनले मिटरब्याजी सुरेश पञ्जियारका भाइ दिनेश र रामनारायणमाथि जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन सम्बन्धि उजुरी गत वैशाखमै दर्ता गराएका थिए ।

रिप्लाई गर्नुहोस