01:39PM
मंसिर १८ गते २०८२

इ-सेवाको बैंक लिंक एकाउन्ट मार्फत् भुक्तानी गर्दा बम्पर उपहारमा धादिङका निरज थापा मगरले ३५० सिसीको मोटरसाइकल जित्न सफल

मंसिर २६ गते २०८०
9:49 pm
Author Avatar
आर्थिक मञ्च

इ(सेवाको बैंक लिंक एकाउन्ट मार्फत् भुक्तानी गर्दा बम्पर उपहारमा धादिङका निरज थापा मगरले ३५० सिसीको मोटरसाइकल जित्न सफल भएका छन्। विजेता थापालाई मंगलबार नै उक्त मोटरसाइकल हस्तान्तरण गरिएको हो। इ(सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता निरज थापा मगरलाई मोटरसाइकल हस्तान्तरण गरे। मोटरसाइकल हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए। भुक्तानी सेवा प्रदायक इ(सेवाले भदौ २० गतेदेखि कात्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो ।
यस अफरमा इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए ।
हाल इ(सेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन्।
यसैभरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्टमार्फत् अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढीले सेवा लिइरहेका छन्।

रिप्लाई गर्नुहोस