02:19PM
मंसिर १८ गते २०८२

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पारित

मंसिर २४ गते २०८०
7:56 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको १९ प्रतिशत लाभांश पारित गरेको छ । गत आर्थिक वर्षमा बैंकले सञ्चालन इतिहासमै अहिलेसम्मकै उच्च ३ अर्ब ४७ करोड नाफा आर्जन गरेको थियो । साथै बैंकले पछिल्लो चार वर्ष यताकै उच्च लाभांशसमेत दिएको हो । आर्थिक वर्ष २०७५(७६ को मुनाफाबाट सेयरधनीलाई २२।५ प्रतिशत लाभांश दिएको बैंकले २०७६(७७ को मुनाफाबाट ११।८४ प्रतिशत, २०७७(७८ को मुनाफाबाट १३।०६ प्रतिशत र २०७८÷७९ को मुनाफाबाट १६।५१ प्रतिशत लाभांश दिएको थियो । गत आर्थिक वर्षमा बैंकको कर्जा विस्तार बैंकिङ प्रणालीको औसतभन्दा बढी ६।४ प्रतिशतले वृद्धि हुँदा निक्षेप संकलन २०।२ प्रतिशतले बढेको थियो । बैंकले गत आर्थिक वर्षमा सबै वित्तीय सूचकमा सुधार गर्दै धेरै नाफा कमाउने बैंकको छैटौं नम्बरमा पुगेको थियो । इक्विटीमा प्रतिफलको हिसाबले सबै वाणिज्य बैंकहरुमध्ये यो अगाडि रहेको छ । गत आर्थिक वर्षमा बैंकको इक्विटीमा प्रतिफल २०।८ प्रतिशत र प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ८० पैसा रहेको थियो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म काउन्टर साइक्लिकल बफल अन्तर्गत थप ०।५ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्थाले वाणिज्य बैंकहरुमा पूँजीकोषमा दबाब हुँदा स्ट्यान्डर्ड चार्टर्ड भने सहज अवस्थामा छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको पुँजीकोष अनुपात १७।१ प्रतिशत रहेको जनाएको छ । बैंक अधिकांश वित्तीय सूचकमा अगाडि रहेको छ । बैंकिङ प्रणालीमा निष्क्रिय कर्जाको दबाब बढेर गत असार मसान्तमा २।९८ प्रतिशत पुग्दा बैंकको एनपीएल भने १।१८ प्रतिशत मात्रै छ ।

रिप्लाई गर्नुहोस