02:18PM
मंसिर १८ गते २०८२

सानिमा माइ हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा कमायो

कार्तिक २० गते २०८०
11:08 am
Author Avatar
आर्थिक मञ्च

सानिमा माइ हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको विद्युत् बिक्रीवापत आम्दानी बढ्दा र वित्तीय खर्चमा केही व्यवस्थापन गर्दा नाफामा सुधार देखिएको हो । विद्युत् बिक्रीबाट कम्पनीले ३ महिनामा ३२ करोड ९८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । गत वर्ष यस अवधिमा यस्तो आम्दानी ३२ करोड १७ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस समीक्षा अवधिमा ४५ पैसा बढेर ७ रुपैयाँ ९७ पैसा छ । सम्पत्तिमा प्रतिफल ३.७६ प्रतिशत छ भने नेथवर्थ १६४ रुपैयाँ १७ पैसा छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । हाल कम्पनीको बजार मूल्य प्रतिकित्ता २८८ रुपैयाँ छ ।

रिप्लाई गर्नुहोस