02:26AM
पौष ७ गते २०८२

इजरायलमा मृत्यु भएका ५ नेपालीको शव दूतावासमा

असाेज २९ गते २०८०
11:35 am
Author Avatar
आर्थिक मञ्च

इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव नेपाली दूतावासमा रहेको छ । इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी उक्त कुरा आइतबार उल्लेख गरेको हो ।

विज्ञप्तिमा उल्लेख भए अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको र ‘प्राप्त शव नेपाल पठाउन आवश्यक समन्वय भइरहेको भनिएको छ । थप ५ जनाको शव प्राप्त हुने क्रममा रहेको र बेपत्ता नेपाली नागरिक विपीन जोशीको पनि खोजी भइरहेको दूतावासको जारी बिज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै हमास आक्रमणमा घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइरहेका छन् भने दुई जना अस्पतालमै उपचाररत छन् । बाँकी दुईमध्ये एक जना नेपाल पुगिसकेका छन् र अर्का एक जना भने दूतवासको हेरचाहमा रहेका छन् । बाँकी बिद्यार्थीहरुलाई नेपाल सरकार र दुतावासको सहयोगमा नेपाल फर्काइएको छ ।

रिप्लाई गर्नुहोस