07:23AM
फागुन २७ गते २०८२

दशैँका लागीआजदेखि नयाँ नोट साट्न पाइने

असाेज २९ गते २०८०
7:39 am
Author Avatar
आर्थिक मञ्च

नेपाल राष्ट्र बैङ्कले दशैँका लागी आजदेखि नयाँ नोट साट्ने भएको छ । काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सट्न सकिनेछ ।

साथै काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ । प्रति व्यक्ति एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

रिप्लाई गर्नुहोस