09:32AM
फागुन २७ गते २०८२

कुमारी बैंकले १० प्रतिशत ब्याजदरमा ५ अर्ब बराबरको ऋणपत्र जारी

असाेज २४ गते २०८०
7:43 am
Author Avatar
आर्थिक मञ्च

कुमारी बैंकले आगामी कात्तिक २ गतेदेखि १ हजार रुपैयाँ दरका ५० लाख इकाई अर्थात् ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । १० वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदर नै प्रदान गर्ने गरी बैंकले ‘१० प्रतिशत केबीएल डिभेन्चर, २०९०’ जारी गर्न लागेको हो ।

बैंकको कूल निष्काशित ऋणपत्र मध्ये, ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य सङ्घसंस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी रहेको २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरिनेछ । सो मध्ये ५ प्रतिशत अर्थात् १ लाख इकाई भने सामूहिक लगानी कोषलाई छुट्याएको बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले कम्पनीको डिभेन्चरका लागि कात्तिक १२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने कात्तिक १६ गतेसम्म खुला रहने बैंकले जनाएको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

रिप्लाई गर्नुहोस