04:10AM
पौष ७ गते २०८२

जर्मनीमा रोजगारी भन्ने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न विभागको निर्देशन

असाेज २२ गते २०८०
2:07 pm
Author Avatar
आर्थिक मञ्च

जर्मनीमा आकर्षक रोजगारी दिने गरी आएको प्रचारहरु गलत भएको वैदेशिक रोजगार विभागले बताएको छ । नक्कली सूचना जारी गरी जर्मनीमा सहायक कामदार छनोटका लागि आवेदन आह्वान भएको भ्रमपूर्ण विज्ञापन सामाजिक सञ्जालबाट प्रचार गरेपछि विभागले यस्तो बताएको हो ।

विभागका निर्देशक कविराज उप्रेतीका अनुसार सामाजिक सञ्जालमा जर्मनीको रोजगारी सम्बन्धी आएका सूचनाहरु गलत हुन् । कानुन विपरीत हुने गरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्न समेत विभागले चेतावनी दिएको छ ।

नोपल सरकारले १११ वटा मुलुकलाई वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा खुला गरेको छ । व्यक्तिगत रुपमा नेपाली नागरिक १७८ मुलुकमा रोजगारीका लागि गइरहेका छन् । संस्थागत रुपमा खुला भएको मुलुकमा इजाजत प्राप्त संस्थाले मात्र कामदार पठाउन पाउँछन् ।

रिप्लाई गर्नुहोस