सिटिजन्स क्यापिटल लिमिटेडको नगद लाभांश प्रस्ताव
सिटिजन्स क्यापिटल लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ ।
वार्षिक साधारण सभामा प्रस्तुत गरिएका साधारण प्रस्तावहरूमा आ.व. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन पोर्टफोलियो म्यानेजमेन्ट, धितोपत्र प्रत्याभूतिकर्ता अण्डर राइटर, शेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त गरी कार्यहरू गर्दै आइरहेको छ ।