09:16AM
फागुन २७ गते २०८२

अनलाइन बेटिङ कारोबार गर्ने एक पक्राउ

असाेज २० गते २०८०
3:10 pm
Author Avatar
आर्थिक मञ्च

अनलाइन बेटिङबाट रु २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निजलाई आज सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साह रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँ मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उक्त व्यक्तिले इन्टरनेटको दुरुपयोग गरी अनलाइन जुवा, सट्टाबाजीजस्ता अनलाइन खेलहरुमा सहभागी भएकाले गैरकानुनीरूपमा रु २४ करोड पन्ध्र लाख १७ हजार एक सय ३८ बराबर रकमको कारोबार गर्ने कार्यमा संलग्न रहेको आधारमा निजलाई झापाबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।

रिप्लाई गर्नुहोस