03:05PM
मंसिर १८ गते २०८२

दसैंका लागि अग्रिम टिकट खुला हुने

असाेज २० गते २०८०
6:52 am
Author Avatar
आर्थिक मञ्च

सार्वजनिक यातायातले दसैं–तिहारका लागि अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुल्ला गर्ने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरुको संयुक्त बैठकले असोज २२ देखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएपनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरु निर्णय भइनसकेको नेपाल यातायात व्यवसायीले जनाएको छ । सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुल्ला गर्ने विषयमा थप गृहकार्य हुँदै गरेको जानकारी आएको छ ।

रिप्लाई गर्नुहोस