आइशरको सुन र कार बम्पर उपहार
नेपालीहरुको महान चाड दशैं र तिहारको उल्लासमय माहोलमा आइशरले आफ्ना ग्राहकहरुका लागि नयाँ आइशर गाडीको खरिद गर्दा रोजेर उपहार लिन पाइने रमाइलो योजनाको घोषणा गरेको छ ।
आफ्ना उपभोक्ताहरूसँग खुशी साटासाट गरि चाडपर्वको उत्सव मनाउन बी.एम.सी.वी. ले दशैं तिहार स्कीमको घोषणा गरेको हो । यस योजना अन्तर्गत आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाउने अवसर प्रदान गर्ने भएको छ । यो योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमानीले मिनी इभी कार पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
उल्लेखित उपहारहरु बाहेक चालकलाई रू. पाँच लाख र रू. पच्चीस लाखको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइशरले प्रदान गर्नेछ ।