01:11PM
फागुन २७ गते २०८२

सिटिजन्स लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन

भाद्र ६ गते २०८०
1:00 pm
Author Avatar
आर्थिक मञ्च

सिटिजन्स लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा प्राथमिक सेयर आईपीओ ल्याउने भएको छ । कम्पनीले भदौ १५ गते देखि सर्वसाधारणका लागि आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम् १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । १५ गतेदेखि १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।

रिप्लाई गर्नुहोस