01:08PM
फागुन २७ गते २०८२

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

श्रावण १६ गते २०८०
5:12 pm
Author Avatar
आर्थिक मञ्च

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आज साधारण सेयर बाँडफाँड भएको छ । कम्पनीले असार १९ गतेदेखि वैदेशिक रोजगारीमा गएकाहरूका लागि र स्थानीयवासीको लागि आईपीओ बिक्री खुलाएको थियो ।

साधारण सेयरको बिक्री प्रबन्धक बीओके क्यापिटलले आज सेयर बाँडफाँड गरेको हो । कम्पनीको जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ८ लाख कित्ता सेयर स्थानीयबासीलाई छुट्टाएको थियो । यस्तै, वैदेशिक रोजगारीमा जाने जानेलाई २ लाख कित्ता सेयर छुटाइएको थियो ।

यसमध्ये स्थानीयवासीले १ लाख ८३ हजार ३८० कित्ता सेयर आवेदन गरेका थिए । यस्तै, वैदेशिक रोजगारीमा गएकालाई २ लाख सेयर छुटाइएकोमा ६ लाख २६ हजार कित्ताभन्दा धेरैको आवेदन परेको थियो ।

रिप्लाई गर्नुहोस