सानिमा बैंकको सानिमा ५इन१ सेवा सार्वजनिक
सानिमा बैंकले ग्राहकहरुका लागि ‘५इन१’ सेवा सार्वजनिक गरेको छ । ‘५इन१’ सेवा सानिमा ‘५इन१’ खाताको परिष्कृत स्वरुप भएको बताइएको छ । यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको संयोजन रहेको बैंकले जनाएको छ ।
सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस सेवाले बैंकको वेवसाइटमा उपलब्ध अनलाइन प्लेटफर्म मार्फत डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा, मेरो शेयर र दोस्रो बजारबाट शेयर खरिद तथा बिक्री गर्न बैंकका ग्राहकहरूलाई सहज बनाउन यो सेवा प्रदान गरेको बैंकको भनाइ छ ।
सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिंग प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो ।