नेप्से परिसूचकमा गिरावट
आज सेयर बजार परिसूचक नेप्से घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक ८.११ अंकले घट्दै २१ सय ५६.२० अंकको विन्दुमा ओर्लिएको हो ।
नेप्सेका अनुसार आज ८ अंकले घटेको बजारमा २ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको ७३ लाख ९९ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ । आज १३ वटा उपसूचकमध्ये फाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन् ।
किसान लघुवित्त वित्तीय संस्थका सेयरधनीले आज अधिकतम ६.९६ प्रतिशतले कमाएका छन्