04:43PM
फागुन २७ गते २०८२

आजबाट हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ निष्कासन

श्रावण ४ गते २०८०
3:13 pm
Author Avatar
आर्थिक मञ्च

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको छ । यसले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको कुल १२.५० प्रतिशत का दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने अनुमति पाएको छ ।

यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको हो। कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।

यसमा प्रतिकित्ता ५० रुपैयाँका दरले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने अन्तिम म्याद साउन १८ गतेसम्म तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् । यसमा ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रिप्लाई गर्नुहोस