04:41PM
फागुन २७ गते २०८२

एनआईसी एशिया बैंकको अनलाइन कर्जा योजना

श्रावण ३ गते २०८०
5:06 pm
Author Avatar
आर्थिक मञ्च

एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना सार्वजनिक छ । यस योजनामा बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग मोबैंक एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम रू. २ लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप वा वेबसाइटमा उपलब्ध अप्लाइ फर लोन अगनिस्ट एफडी विकल्प चयन गर्न सक्ने जनाइएको छ । उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ ।

ग्राहकहरूले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि रू. २ लाखसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त गर्नेछन् । अब उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकहरूको खातामा तुरुन्तै जम्मा हुनेछ ।
यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकहरूले हरेक त्रयमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने नियम रहेको छ भने कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नुपर्नेछ ।

न्यूनतम रू. ५ हजार कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकहरूले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको क्रममा जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

रिप्लाई गर्नुहोस