05:59AM
असार १ गते २०८३

प्रभु क्यापिटलको लोयल्टी प्वान्ट्स सगै रिफरल स्कीम

श्रावण २ गते २०८०
2:29 pm
Author Avatar
आर्थिक मञ्च

मर्चेन्ट बैंक र प्रभु क्यापिटल लिमिटेडले आफ्नो ग्राहकहरुका लागि लोयल्टी प्वान्ट्सका साथै रिफरल स्कीम लन्च गरेको छ । ग्राहकहरुले प्रभु क्यापिटल डिजिटल एप रिफर गरी प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी प्वान्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।

ग्राहकहरुले प्रभु क्यापिटल डिजिटल एपको लिङ्क कपी र सेयर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ भने सेवाग्राहीले प्वान्ट्स आफ्नो डिम्याट तथा मेरो शेयर नवीकरण गर्नका साथै प्रभु क्यापिटलसँग आवद्ध विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ ।

रिप्लाई गर्नुहोस