राष्ट्रिय वाणिज्य बैंकको ११ शाखा विस्तार
देशको विभिन्न स्थानमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ११ वटा शाखा कार्यालय विस्तार गरेको छ । सिरहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङ्गको बिराटचोकमा मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को तथा मंगलबजार, सुर्खेतको छिन्चु, कालिकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङ्जाको वालिङ्गको पनि कारोबार शुभारम्भ गरिएको बैंकले जनाएको छ ।
यससै बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको हो । बैंकका अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र ३ वटा शाखा कार्यालय विस्तार गरेको छ ।