06:31PM
फागुन २७ गते २०८२

घोराही सिमेन्टको आईपीओ बाँडफाँट

असार ३१ गते २०८०
5:19 pm
Author Avatar
आर्थिक मञ्च

घोराही सिमेन्ट लिमिटेडको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्टले आज आईपीओ बाँडफाँट गरेको हो ।

असार २५ गतेसम्म खुलाइएको आवेदनमा ५ लाख ५७ हजार ७०१ जनाको भ्यालिड आबेदन परेको थियो । उक्त समयमा ७७ लाख ९३ हजार ७१० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

यसमध्ये १० देखि ७० कित्ता सेयर माग गर्ने आवेदकले सोहीअनुसारको आईपीओ पाएका छन् । यस्तै ८० देखि ३० हजार कित्तासम्म सेयर माग गर्ने आवेदकले ७० कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले सर्वसाधारणहरूलाई लक्षित गरेर कुल ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्री खुलाएको थियो

कम्पनीको सेयरमा ५ लाख ५३ हजार ४४ जनाले ७० कित्ता सेयर माग गरेका थिए । यसै गरी ८० देखि ३० हजार कित्तासम्म आईपीओ माग गर्नेको सङ्ख्या ४ हजार ६५७ रहेको थियो । आइपीओ बाँडफाँट गरेर बाँकी रहेको ६ हजार ९१० कित्ता सेयर भने गोलाप्रथाबाट बाडफाट गरिएको कम्पनीले जनाएको छ ।

रिप्लाई गर्नुहोस