06:21PM
फागुन २७ गते २०८२

झापा ईनर्जीले आइपिओ निष्काशन गर्दै

असार ३१ गते २०८०
3:32 pm
Author Avatar
आर्थिक मञ्च

झापा ईनर्जी लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६लाख,६६ हजार,६०० सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहने गरि सम्झौता भएको छ ।

झापा ईनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट अधिकृत शोभना घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

जारी हुने शेयरमा छ करोड छैंसट्ठी लाख साट्ठी हजार रुपैयाँ रकम बराबरको छ लाख छैंसट्ठी हजार छ सय कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी शेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको छ ।

यस कम्पनीको आयोजनाको हालसम्म ८० प्रतिशत कार्य प्रगति हासिल भएको छ र आयोजना आश्विन २०८० मा सुरु हुने अपेक्षा गरिएको छ ।

रिप्लाई गर्नुहोस