नेप्सेमा १२.६२ अंकको गिरावट
आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १२.६२ अंकको गिरावट आएको । यससँगै नेप्से परिसूचक २०८४.९३ अंकमा आएर बन्द भएको छ ।
आज ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । आज ५४ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज सबैभन्दा धेरै सेयर कारोबार शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको २३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंक, होटल र टुरिजम र म्यूचुअल फण्ड समूहको सूचक बढेको हो । यसबाहेक अन्य १० समूहको सूचक भने घटेको छ ।