05:24PM
कार्तिक १० गते २०८२

रेड्मीका दुई नयाँ फोन बजारमा

असार २६ गते २०८०
1:34 pm
Author Avatar
आर्थिक मञ्च

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी एटु र एटुप्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । यी दुबै नयाँ फोनहरुमा दुई वर्षको वारेन्टी रहेको छ । यस्तै इमर्सिभ डिस्प्ले, प्रभावशाली क्यामेरा क्षमता, स्टाइलिश डिजाइन, शक्तिशाली पर्फर्मेन्स र लामो समयसम्म चल्ने ब्याट्री लाइफ लगायतका सुविधाहरू रहेको जनाईएको छ ।

रेड्मी एटु र एटुप्लस लाइट ब्लू, लाइट ग्रीन र कालोमा उपलब्ध रहेका छन् । रेड्मी एटु दुईजीबी प्लस ३२ जीबी भेरियन्टको मूल्य १०,४९९ रुपैयाँ रहेको छ । रेड्मी एटु प्लस टुजीबी प्लस३२ जीबी र ३ जीबी प्लस ६४ जीबी भेरियन्टको मूल्य११,४९९ र ११,९९९ रुपैयाँ रहेको छ ।

रिप्लाई गर्नुहोस