08:07PM
कार्तिक १० गते २०८२

मूल्यवृद्धि ७.४१ प्रतिशत घट्दै

जेठ २६ गते २०८०
11:55 am
Author Avatar
आर्थिक मञ्च

बजारमा मूल्यवृद्धि घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्याङ्‍कमा देखीएको छ । राष्ट्र बैंकको प्रकाशित वैशाखसम्मको समग्र उपभोक्ता मूल्यवृद्धि दर मुद्रास्फीर्ति ७.४१ प्रतिशतमा झरेको हो ।

अघिल्लो वर्ष यस अवधिमा मूल्यवृद्धि ७.८७ प्रतिशत थियो । वैशाखसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा काठमाडौं उपत्यकामा मुद्रास्फीति ७.६८ प्रतिशत, तराईमा ७.१५, पहाडमा ७.५७ र हिमालमा ७.१२ प्रतिशत छ ।

रिप्लाई गर्नुहोस