07:52PM
मंसिर १८ गते २०८२

ज्योति विकास बैंकको कार्डलेस सेवा सुरु

जेठ २५ गते २०८०
9:09 am
Author Avatar
आर्थिक मञ्च

ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरी कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । यो सुविधामा बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओपीटी कोडलाई एटीएम मेसिनमा प्रयोग गरी सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् ।

बैंकको मोबाइल बैकिङ एप ज्योती स्मार्ट तथा वेब ब्राउजर ज्योति स्मार्ट।जेबीबीएल।कम।एनपीमार्फत यो सेवा प्रयोग गर्न सकिनेछ । बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गर्न सक्नेछन् ।

बैंकको यो सुविधा प्रयोग गर्नका लागि ज्योती स्मार्ट प्रयोगकर्ताहरूले एप भित्र रहेको पेमेन्ट आइकनमा थिचे पछि देखिने क्यासलेस विडरल आइकनमा ट्याप गरी मागिएको विवरण प्रदान गर्नुपर्नेछ । तत् पश्चात्, ज्योति विकास बैंककै एटिएममा गई कार्डलेस ट्रान्जेक्सन चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम मोबाइल बैंकिङ एपमा चयन गरिएको र मोबाइलमा प्राप्त ओपीटी कोड राखी इच्छाइएको रकम झिक्न सकिनेछ ।

रिप्लाई गर्नुहोस