10:59PM
कार्तिक १० गते २०८२

घट्यो खाद्यान्नको होलसेल मूल्य

वैशाख ३१ गते २०८०
7:13 am
Author Avatar
आर्थिक मञ्च

बजारमा उपभोग्य वस्तुको मागमा शिथिलता देखिन थालेसँगै होलसेल व्यवसायीहरुले मूल्य घटाएर खाद्यान्न बिक्री गर्न थालेका छन् ।

बजारमा खाद्यान्नको होलसेल बजार तीन महिना अवधिमा ३० देखि ४० प्रतिशतसम्मले घटेको व्यवसायीहरुको दाबी छ । तर खुद्रा बजार भने महँगो नै रहेको उपभोक्ताहरु बताउँछन् ।

दैनिक प्रयोगको चामल, दाल, तेल, मैदा र आँटासहितका खाद्य वस्तुको मूल्य होलसेलमा घटे पनि उपभोक्ता सो मूल्य पाउनबाट बञ्चित भएको हुनसक्ने होलसेल व्यवसायीहरु बताउँछन् । होलसेल खाद्यान्न व्यापार गर्ने व्यवसायीहरुकाअनुसार गत फागुनको तुलनामा धेरै प्रकारका खाद्यान्नको बजार मूल्य होलसेलमा सस्तो भएको छ ।

खाद्यान्नका होलसेल व्यवसायी एवम् टोखा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जया फुँयालका अनुसार बजारमा धेरै खपत हुने जिरा मसिनो चामलको मूल्य बोरामै ३ सय रुपैयाँले मूल्य घटेको छ । फागुनमा २ हजार ३ सय रुपैयाँ पर्ने यस्तो चामलको होलसेल मूल्य अहिले २ हजार रुपौयाँमा झरेको छ ।

यो भनेको किलोमा १२ रुपैयाँसम्म मूल्य घटेको उनले बताए । यस अघिप्रति किलो ९२ रुपैयाँ पुगेको चामलको मूल्य अहिले घटेर ८० रुपैयाँमा झरेको छ । यस्तै २५० रुपैयाँ लिटरमा बिक्री भइरहेको सूर्यमुखी तेलको मूल्य लिटरमै ७० रुपैयाँले घटेर १८० रुपैयाँमा झरेको छ ।

रिप्लाई गर्नुहोस