11:08PM
कार्तिक १० गते २०८२

महमा मिसावट गरी उत्पादन गर्ने एक पक्राउ

वैशाख १९ गते २०८०
9:13 am
Author Avatar
आर्थिक मञ्च

अवैध रूपमा अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ५७ वर्षीय पवन सत्याललई प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका-२ मा संचालन गरेको गार्डेन अपिएरि उद्योग प्रालिमा अबैध रुपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको भन्ने सूचना पाएपछि बुढानिलकण्ठबाट खटिएको प्रहरीले सत्याललाई पक्राउ गरेको हो ।

जाँच गर्ने क्रममा अखाद्य वस्तु मिसावट गरिएको तयारी मह र मह बनाउन प्रयोग हुने कच्चा पदार्थ फेला पारेको प्रहरीको भनाई छ । उक्त उद्योगबाट तयारी मह करिब ७ सय बट्टा र कच्चा पदार्थ ४० बाल्टिन प्रहरीले बरामद गरेको छ ।

रिप्लाई गर्नुहोस