नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्यो

एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएपछि टीयू मैदानमा उल्लास छाएको छ । वर्षाले प्रभावित भएको खेल पर्खिरहेका हजारौं दर्शकले दुई दिनको फाइनल खेलपछि विजय उत्सव मनाएका छन् ।
सोमबार वर्षाका कारण रोकिएको खेल आज बिहानदेखि सुरु भएर सकिएको हो । यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा तीन विकेट गुमाएर भेटाएको हो ।
