02:11AM
फागुन २३ गते २०८२

झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह ६८ हजार ३४८ मत ल्याएर विजयी

फागुन २३ गते २०८२
8:40 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का वरिष्ठ उपाध्यक्ष बालेन्द्र बालेन शाह विजयी हुनुभएको छ । केहीबेरअघि सकिएको मतगणनामा बालेन ४९ हजार ६१४ मतान्तरले विजयी हुनुभएको हो । बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गर्नुभएको छ ।

एमाले अध्यक्ष ओली झापामा दोस्रो पटक पराजित हुनुभएको हो । यसअघि २०६४ सालको पहिलो सविधानसभा चुनावमा ओली तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित हुनुभएको थियो । बालेन शाह प्रतिनिधिसभा चुनाव इतिहासमा सबैभन्दा मत ल्याएर विजयी हुनुभएको हो । यसअघि यही चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट रास्वपाकै सोविता गौतम ५९ हजार २७७ मत ल्याएर विजयी हुनुभएको थियो ।

रिप्लाई गर्नुहोस