10:18PM
माघ २८ गते २०८२

ओली र बालेन प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको टिप्पणी : विश्वप्रकाश शर्मा

माघ २७ गते २०८२
7:41 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको टिप्पणी गरेका छन् । सोमबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले यस्तो टिप्पणी गरेका हुन् । उनले ओली र शाहलाई लक्षित गर्दै धेरै बोल्ने र बोल्दै नबोल्नेबाट देश चल्न नसक्ने बताएका हुन् ।

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न सक्नुपर्ने उनको भनाइ छ । उनले कांग्रेस सभापति गगनकुमार थापालाई ‘तौलेर बोल्ने’ नेताको रूपमा प्रस्तुत पनि गरे । अहिलेको बहस वडा अध्यक्षको नभई प्रधानमन्त्रीको भएको भन्दै उनले झोक चल्यो भने घर जलाइदिन्छु भन्ने अभिव्यक्ति प्रधानमन्त्रीका लागि उपयुक्त नहुने टिप्पणी गरे ।

रिप्लाई गर्नुहोस