10:42PM
पौष ९ गते २०८२

युनिक प्लास्टिक उद्योग लिमिटेडले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

पौष ९ गते २०८२
8:00 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । हेटौंडा उपमहानगरपालिका वडा नं.८ स्थित औद्यौगिक क्षेत्रमा रहेको युनिक प्लास्टिक उद्योग लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य रु. १००।– मा आइपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले ७,५०,००० कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आज पौष ९ गते बुधवार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरी स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा युनिक प्लास्टिक उद्योग लिमिटेडका तर्फबाट अध्यक्ष श्री हरि बहादुर बस्नेतज्यू तथा नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष घिमिरेज्यूले हस्ताक्षर गर्नुभएको छ ।

पालको बढ्दो पूर्वाधार तथा खानेपानी आवश्यकतालाई मध्यनजर गर्दै विगत ५ बर्ष देखि युनिक प्लास्टिक उद्योग लिमिटेडले स्वदेशमै उच्च गुण्स्तरीय आधुनिक प्रविधिको प्रयोग मार्फत नेपाल गुणस्तर NS40:2079 द्धारा मान्यता प्राप्त १६ एमएम देखि १६० एमएमसम्मका विभिन्न साइज तथा 3 PN देखि 20 PN सम्मका दबाब क्षमतायुक्त १०० भन्दा बढि प्रकारका PE-100 पाइप उत्पादन गर्दै आईरहेको छ । यी पाइपहरु खानेपानी आपूर्ती, सिँचाइ, पहाडी क्षेत्रका पानी लाइन, ढल तथा ग्यास लाइन, दुरसञ्चार, विद्युत तथा अन्य भूमिगत संरचनामा व्यापक रुपमा प्रयोग हुँदै आएका छन् । यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनुका साथै स्वदेशमै भरपर्दो र गुणस्तरीय पाइप उत्पादन गरी देशको पूर्वाधार विकासमा योगदान पु¥याउने रहेको छ । कम्पनीको निकट भविष्यमा कपिलबस्तु जिल्लाको चन्द्रौटामा रहेको आफ्नै जग्गामा शाखा बिस्तार गरि प्लास्टिक जन्य सामाग्रीको उत्पादन गर्ने लक्ष्य रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो ।

रिप्लाई गर्नुहोस