09:21AM
कार्तिक १६ गते २०८२

राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र लुटपाट गर्ने तीनजना विरुद्ध मुद्दा दर्ता

कार्तिक १५ गते २०८२
2:38 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र लुटपाट गर्ने तीनजना विरुद्ध मुद्दा दर्ता भएको छ । बैतडीका १९ वर्षीय दीपक बोहरा सोही स्थानका विशाल सिंह कार्की र बझाङका हेमन्त बोहराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।

उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएको हो । जेनजी प्रदर्शनका क्रममा अराजक गतिविधि तथा आगजनी गर्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गर्दै आएको छ । पक्राउ परेकाहरुमध्ये काठमाडौं जिल्ला अदालतले ६ जना तथा जिल्ला अदालत ललितपुरले २ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

रिप्लाई गर्नुहोस